arrow

प्रहरीलाई सवारी साधन हस्तान्तरण

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन २८ बिहिबार
nepal-police-pradesh-2.JPG

जनकपुरधाम । शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि नेपाल प्रहरीलाई थप सहयोग पुग्ने गरि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले ४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेका छन् । जनकपुरधाममा भएको एक कार्यक्रम बिच मन्त्री साहले सो सवारी साधनसँगै ड्रोन क्यामेरा, वारुण यन्त्र, मोबाइल पिक अप भ्यानलगायत सामग्री समेत नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । 

मन्त्री साहले आपत् विपत्मा परेकालाई सहयोग गर्न पनि सघाउनमा प्रहरीलाई सहयोग हुनेमा विश्वास व्यक्त गरे । मन्त्री साहले प्रदेश स्तरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने अनुमान गर्दै यसको रोकथाम नियन्त्रण तथा न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न सबै सुरक्षा निकायलाई मन्त्री साहले निर्देशन दिए।

उनले यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चार वटै सुरक्षा निकायलाई अपिल समेत गरे। आपत्कालीन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन मन्त्रालयले गर्ने स्पष्ट पारे ।

हस्तान्तरण कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान ड्रोन क्यामरा, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरधामलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केवरलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश प्रहरी सशस्त्र प्रहरी गण जनकपुरधामलाई एक थान वारुण यन्त्र र प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्जलाई एक थान वारुण यन्त्र वितरण गरिएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय प्रसौनी बारालाई एक थान मोबाइल पिक अप भ्यान, इलाका प्रहरी कार्यालय मिर्चैया सिराहालाई एक थान मोबाइल पिक अप भ्यान, इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीलाई एक थान मोबाइल पिक अप भ्यान, इलाका प्रहरी कार्यालय सबैला धनुषालाई एक थान मोबाइल पिकअपन भ्यान र प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजलाई एक थान टु–टन सवारी साधन हस्तान्तरण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ