- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८(२) बमोजिम उनलाई नियुक्त गरेका थिए ।
एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शङ्कर पोखरेलको राजीनामासँगै माओवादी केन्द्रका नेता केसीको मात्रै दाबी परेको थियो । केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्ने गरी नेपाली काँग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्नेछन् ।
साथै नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । लुम्बिनी प्रदेशको मन्त्रिमण्डल बिस्तार गर्दै उनले ७ जना नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।