arrow

प्रदेश एक :  ७ सय ६९ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

जसमा एक हजार ५२९ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरी १०८, मोरङ १०४ मध्ये विराटनगर ४१, धनकुटा १२, इलाम ११, तेह्रथुम पाँच, सङ्खुवासभा र भोजपुरमा चारचार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ । 

सोही अवधिमा प्रदेशमा आजै ६७५ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ