- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । पछिल्लो समय झापा जिल्लामा कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि जिल्ला आइपुगेको सिसिएमसिको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको छ ।
चिकित्सकसहित सिसिएमसिका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारी सहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होर्डिङ सेन्टर सहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको हो ।
निरीक्षण टोलीमा सिसिएमसिका प्रमुख बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान् कोइराला, तीन वटै सुरक्षा निकायका उच्च अधिकारी लगायत प्रतिनिधिहरूको समेत सहभागिता रहेका थियो ।
टोलीले जिल्लाको कोरोना अतिप्रभावित पालिका बुद्दशान्तिले सञ्चालन गरेको आइसोलेसन सेन्टरको अनुगमन र निरीक्षण गरेको छ। टोलीले आजै जिल्ला प्रशासन कार्यालयमा डिसीसिएमसीका प्रतिनिधिसँग छलफल समेत गरेको छ ।
छलफलमा सिसिएमसिका प्रतिनिधिले जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण लागि गरिँदै आएका कार्यक्रम लगायत सम्पूर्ण गतिविधिहरूको बारेमा जानकारी समेत लिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइले जानकारी दिएका छन् ।
पछिल्लो समय झापामा परीक्षणको ६० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएकोले झापा जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूले आकलन गर्दै गर्दा स्वास्थ्यकर्मी सहित सिसिएमसिको टोली जिल्ला अनुगममा निस्किएको हो ।