arrow

प्रम ओलीले राजीनामा नदिए माओवादी केन्द्रले बजेट पारित गर्न असहयोग गर्ने

logo
प्रकाशित २०७३ असार २९ बुधबार
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ । 
 
केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले प्रम ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने र व्यवस्थापिका–संसद्बाट बजेट पारित गराउन असहयोग गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 
 
केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको ठहर गरेको उहाँले जानकारी दिनुभयो । 
 
माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक आज विहान ११ बजे बस्दैछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ