arrow

प्रचण्ड नेतृत्वको सरकारलाई सघाउने कांग्रेसको निर्णय

प्रकाशमान सिंह र रामशरण महतले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाए

logo
प्रकाशित २०७३ असार २९ बुधबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसंग भएको सहमति अनुमोदन गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसंग भएको सहमति अनुमोदन गरेको हो ।
 
यस्तै, प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनु पर्ने र नभए संसदमा अविश्वास प्रस्ताव ल्याउने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनु भयो । 
 
बैठकबाट निस्कने क्रममा उनले भने, ‘माओवादी केन्द्रसंग भएको सहमति अनुमोदन भएपछि सरकारमा सघाउने कुराको औपचारिक पुष्टी भएको मान्नु पर्दछ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सरकार गठनका बारेमा सहमति गरेकोमा र बुधबारको बैठकले त्यो सहमतिलाई अनुमोदन गरेको हो ।  बैठकमा सहमतिय सरकार बनाउन समेत पहल गर्नेबारे छलफल भएको बताइएको छ । 
 
यसैबीच, बैठकले माओवादी केन्द्रलाई समर्थन गरेको पत्र आज नै पठाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधीले माओवादीसँग भएको ७ बुँदे समझदारी पत्र पढेर सुनाएका थिए । 
 
सभापति देउवाले ७ बुँदे अनुमोदनको लागि प्रस्ताव गरे । देउवाले अनुमोदन प्रस्ताव गरेपछि नेताद्वय प्रकाशमान सिंह र रामशरण महतले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त जनाएका थिए ।
 
नेता निधीले माओवादी केन्द्रसँग सरकार चलाउनेबारे गोप्य लिखित सहमति भएको बताएका थिए । निधीले उक्त सहमति अति गोप्य राखिएको बताएको बैठकमा सहभागि एक नेताले बताएका छन् । निधीले स्थानीय चुनावसम्म पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने र त्यसपछि हुने दुईवटा चुनावमा कांग्रेसले नेतृत्व लिने सहमति भएको सुनाएको ती नेताले हाम्राकुरालाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ