arrow

बिर्तामोडबाट खैरो हिरोइनसहित दुई जना कारोबारी पक्राउ

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ भदौ १ मंगलबार
drug-karobari.JPG

झापा । झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चौकबाट लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।

मङ्गलवार दिउसो १२ बजे लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २० ग्राम लागू औषध ब्राउन सुगर र उनीहरूले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

हाल पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बन्दाबन्दीको समयमा झापा , मोरङ तथा सुनसरी जिल्लामा लागू औषध प्रयोगकर्ता तथा कारोबारीहरू दैनिक जसो पक्राउ पर्दै आएको प्रहरीले जनाएको छ ।
 



नयाँ