arrow

प्रदेश एक : ८ सय ६० जनामा संक्रमण, आठको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक हजार ४०४ को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९ मध्ये विराटनगरमा ३४, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८४, मोरङमा १४५ मध्ये विराटनगरमा ५४, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा सात, तेह्रथुम र उदयपुरमा चार चार, पाँचथर, सङ्खुवासभा र खोटाङमा एक एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको छ । 

सोही अवधिमा प्रदेशमा आजै ४१३ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित आठ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ