arrow

मेगा बैङ्कका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
Mega-Extention-counter-upgraded.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले विभिन्न स्थानहरूमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरूलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोसी गाउँपालिका वडा नम्बर १ मा रहेको कोसी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला विहारी एक्सटेन्सन काउन्टर शाखामा स्तरोन्नति गरेको हो।

त्यस्तै,  धनुषा जिल्लाकै नागराईन नगरपालिका वडा नम्बर २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरूलाई बैङ्कले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो।

यस अघि नै बैङ्कले सुनसरी जिल्लाको बराहा क्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्सटेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ। अब यी सबै शाखाहरूबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैङ्किङ सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिने छ।

यो सँगै मेगा बैङ्कको शाखा सङ्ख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरूको सङ्ख्या २४ कायम भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ