arrow

मेगा बैङ्कको एक्सटेन्सन काउन्टर जनकपुरधाम प्रादेशिक अस्पतालमा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
mega-exchange-counter-janakpur.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैङ्कले शुक्रवार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैङ्कमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए। कार्यक्रममा बैङ्कका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।

मेगा बैङ्क जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरूलाई प्रभावकारी सेवा दिइने बताए। एक्सटेन्सन काउन्टर मार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैङ्कको नीति अनुरूप मेगा बैङ्कले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ। मेगा बैङ्कको हाल देशभर २०३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ