arrow

चार जिल्लामा मेगा बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
mega-bank-bank-limited-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले चार वटा जिल्लाका बैङ्किङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैङ्किङ सेवा शुभारम्भ गरेको छ।

मेगा बैङ्कले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैङ्किङ सेवा विस्तार गरेको हो।

शाखारहित बैङ्किङ सेवा अन्तर्गत बैङ्कले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था रहेको छ।

मेगा बैङ्कले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैङ्किङ पहुँच पुर्‍याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। शाखारहित बैङ्किङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा रही आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ