arrow

मेगा बैङ्कका ३७ शाखाबाट सातै प्रदेशमा वित्तीय साक्षरता अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
mega-financial-literacy-2079.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। मेगा बैङ्कले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेस प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा शाखा गरी मेगा बैङ्कका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन्।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ।

सोही अनुरूप मेगा बैङ्कले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरूलाई प्राथमिकता दिई यो एक महिने देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ