arrow

मेगा बैङ्कबाट नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
mega-suppot-to-police-csr.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ।

मेगा बैङ्क नेपाल लिमिटेडका कुशेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरे।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो। सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ