arrow

मेगा बैङ्कका ग्राहकहरूलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
mega-new-year-offer-2079.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडका ग्राहकहरूले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्। मेगा बैङ्क र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैङ्कका कार्ड प्रयोगकर्ताहरूले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्म छुट पाउनेछन्।

यसै गरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ। छुट सुविधाका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ। आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैङ्कले जनाएको छ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैङ्कले यो सम्झौता गरेको हो। दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ।

दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा बिना झन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैङ्कले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ। मेगा बैङ्कले डिजिटल बैङ्किङ अन्तरगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ