काठमाडौं । माओवादी केन्द्र र कांग्रेस सरकार बनाउन लागेपछि मेधसी जनअधिकार फोरम लोकतान्त्रिक अत्तालिएको छ । सत्ता साझेदार राप्रपा नेपालले भिन्न मनस्थिति बनाइ सक्दा फोरम लोकतान्त्रिक के गर्ने भन्ने द्विविधामा परेको छ ।
अल्पमतमा परेको वर्तमान सरकारमा उपप्रधानमन्त्री रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले अब के गर्ने भन्ने सन्दर्भमा छलफल गर्न भ्याएका छैनन् । उनी संसदमा प्रधानमन्त्री ओलीले सामना गर्ने परिस्थितिलाई पर्खिरहेका छन् ।
पार्टी अध्यक्षसंग छलफल भएको छैन, लोकतान्त्रिक सांसद बाबुराम पोखरेलले भने, ‘विहिबार हाम्रो अनौपचारिक छलफल छ । त्यसबाट केही कुरा निस्किन्छ । अबको सरकारमा जाने वा नजाने भन्ने सन्दर्भमा त्यसपछि थाहा होला ।’ अहिले सम्म केही छलफल भएको छैन ।
उता, स्वास्थ्यमन्त्री रहेका राम जनम चौधरी भने आफुलाई केही थाहा नभएको भन्दै पन्छिएका छन् । उनले अत्तालिँदै भने, ‘मलाई केही थाहा छैन । म बैठकमा जाँदै छु । यसअघि, मंगलबार माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिँदा फोरम लोकन्त्रिक समेत नयाँ सरकारको गठबन्धनमा सामेल हुन लागेको सूचना चुहिएको थियो ।