arrow

ओली सरकारले कटौती गरेका आदिवासी जनजातीका सांस्कृतिक पर्वहरुमा सार्वजनिक बिदाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
janajati.jpg

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले केपी ओली सरकारले कटौती गरेका चाडहरूमा सार्वजानिक विदा दिने परम्परालाई पुनर्स्थापना गर्न माग गरेको छ ।

बुधबार महासंघका अध्यक्ष जगतबहादुर बरामसहितको टोलीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ज्ञापन पत्र बुझाउँदै नेपालका बहुसंख्यक आदिवासी जनजातीको जीवनशैली र परम्परासँग जोडिएका सांस्कृतिक पर्वहरुमा एक दिनको सार्वजनिक विदा दिने परम्परालाई ओली नेतृत्वको सरकारले कटौती गरिदिएकाले पुनस्थापनाको माग राखेका हुन् ।

महासंघले आदिवासी जनजातिहरूको सांस्कृतिक चाडहरू उधौली, उभौली, सोनाम, ग्याल्बो, तमु ल्होछार/ल्होसार, माघी/माघे संक्रान्ति, गाई जात्रा, सिरूवा पर्व आदिमा सार्वजानिक विदा दिई नेपालको विविधतायुक्त समाजको सम्मान गर्न ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।

२०४६ सालको परिवर्तनपछि यस्ता पर्वहरुलाई सरकारले सम्मानपूर्वक राष्ट्रिय मान्यता दिंदै आएको सार्वजनिक विदा दिंदै आएपनि ओली सरकारले कटौती गरेपछि आदीबासी जनजातीहरुमा प्रत्यक्ष र अप्रत्यक्ष असर परेको अध्यक्ष बरामले जनाएका छन् । त्यस्तै नेवाःदेय दबु केन्द्रीय समितिले पनि गाइजात्रा पर्वका दिन काठमाडौंमा मात्र विदा दिने चलनलाई देशब्यापी बनाउन माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ