काठमाडौं । नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बेलायतले चासो राखेको छ । बेलायतका विदेश एवं राज्यमण्डल मन्त्री ह्यूगो स्वायरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासंग टेलिफोन कुराकानी गरी नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चाँसो राखेका हुन् ।
जवाफमा परराष्ट्रमन्त्री थापाले स्वायरलाई नेपालको परिस्थितिबारे चिन्ता गरेकामा आभार व्यक्त गरेका छन् ।