arrow

मोबाईल इन्टरनेट प्रयोगकर्ता बढ्दै, शुल्क घट्दै

logo
प्रकाशित २०७३ असार २९ बुधबार
ncelllogo.jpg.jpeg
काठमाडौं । दुरसञ्चार क्षेत्रमा भइरहेको ब्यापक विकाससंगै मोबाईलमा ईन्टरनेट चलाउनेको संख्या दिनानुदिन बढ्दै तथा शुल्कमा उल्लेख्य रुपमा बर्षेनी घट्दै आएको छ । मोबाइल सेवा मार्फत प्रदान गरिने ईन्टरनेट डाटाको पहुँचमा समेत निरन्तर वृद्धि भईरहेको छ । नेपालमा ईन्टरनेट प्रगोगकर्ताहरुको सङ्ख्यामा भएको उल्लेख्य वृद्धिमा टेलिकम सेवा प्रदायकहरुले प्रदानगर्ने डेटा सेवा अर्थात मोबाईल ईन्टरनेटको ठूलो भुमिका रहदै आएको छ ।
 
एनसेलको नेटवर्कमा सन् २०११ मा प्रति एमबी ईन्टनेटको शुल्क औषतमा रु २ रुपैया ३७ पैसा पर्ने गर्दथ्यो । सन् २०१५ सम्म आइपुग्दा यो शुल्कमा भारी कटौती भइसकेको छ । अहिले यो शुल्क घटेर प्रति एमबि ९० पैसा बराबर भएको एनसेलले बताएको छ । यो तथ्याङ्कलाई आधार मान्दा यो ५ वर्षको अन्तरालमा डाटा शुल्कमा झण्डै ६२ प्रतिशतले कमि आएको देखिन्छ ।
 
प्रत्यक बर्ष दोहोरो अंकमा घट्दै ईण्टरनेट शुल्क
प्रविधिको विकास, बढ्दो थ्रीजी कभरेज र बजार प्रतिस्पर्धाका कारण डाटा सेवाको शुल्क प्रत्येक वर्ष दोहोरो अंकले घटिरहेको छ । अहिले एनसेललको बिना प्याक ईन्टरनेट चलाउदा लाग्ने शुल्क ५० प्रतिशतले घटेर रु ३ प्रति एमबिमा झरिसकेको बताएको छ ।  एनसेलले पहिलो पटक नेपालमा ग्राहकहरुको मागलाई ध्यानमा राख्दै सन् २०१२ मा प्रति एमबि ३० पैसा देखि रु ३ पर्ने दैनिक, साप्ताहिक र मासिक डेटा प्याकहरु उपलब्ध गराएको दावी गरेको छ ।
 
सन् २०१३ मा बढ्दो फेसबुक प्रयोगकर्ता र उनीहरुको मागलाई विशेष ध्यानमा राख्दै कम डाटा शुल्कमा फेसबुक चलाउन सकिने गरी एनसेलले शुल्क घटाएको थियो । यो प्याक अन्र्तगत ग्राकहले प्रति एमबि ५० पैसा शुल्कमा फेसबुक चलाउने अवसर पाएका थिए ।  फेसबुक प्याक अन्र्तगतको डाटा चलाई सके पश्चात ग्राहकले प्याकको समयावधि बाँकी रहुन्जेल मात्र ९९ पैसा प्रति एमबी मै फेसबुक चलाउन सक्ने अवस्था त्यो बेला रहेको थियो । 
 
एनसेलको डेटा सेवाको औषत शुल्क सन् २०१२ मा प्रति एमबी २ रुपैया ३३ पैसा थियो । सो शुल्क सन् २०१३ मा घटेर  १ रुपैया ८ पैसामा झर्यो । त्यसैगरी सन् २०१४ मा थप घटेर  १ रुपैया ३ पैसा तोक्दै लगातार घटाउदै ल्याएको बताएको छ ।
 
आवश्यकता अनुसार भोल्यूम बेस्ड डाटा सेवा
एनसेलले आफ्ना उपभोक्ताका लागि उनीहरुको आवश्यकता अनुसार विभिन्न भोल्युम बेस्ड डाटा सेवा उपलब्ध गराउँदै आइरहेको बताएको छ । उदाहरणका लागि कम्पनीले उपलब्ध गराउँदै आइरहेको १ महिना भित्र प्रगोगगरी सक्नुपर्ने लाईट (१००० एमबि), मिडियम (२००० एमबि) र हेभी (३००० एमबि) सेवालाई लिन सकिन्छ । यस सेवा अन्तर्गत उपभोक्तालाई प्याकको प्रकार र भोल्युम हेरीकन ९० दिन सम्मको समयावधी उपलब्ध गराउदै आएको बताएको छ । 
 
ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले २ वर्ष अगाडी देखि नै अनलिमिटेड डाटा सेवापनि प्रदान गर्दै आइरहेको  छ । यस योजना अन्र्तगत ग्राहकले ३० पैसा प्रति एमबी सम्मको शुल्कमा ईन्टरनेट सेवाको उपयोग गर्न पाउँछन् । 
 
नेपाली उपभोक्ताले प्रयोग गर्ने समाजिक सञ्जाल मध्य फेसबुक अहिले अग्रणी साईटको रुपमा रहेको छ । विगत २ वर्षको अन्तरालमा फेसबुक प्याक अन्र्तगत फेसबुक चलाउदा लाग्ने डाटा शुल्क ७६ प्रतिशतले घटाउदै एनसेलले अहिले १२ पैसा प्रति एमबी सम्म झारेको बताएको छ । केही समय अगाडी एनसेलले नाईट डाटा प्याकहरु पनि ल्याएको थियो यस सेवा अन्र्तगत ग्राहकले रातको समयमा प्रति एमबी १० पैसा शुल्कमा ईन्टरनेट सेवाको प्रयोग गर्न पाउँने बताइएको छ । 
 
मोबाईल ईन्टरनेट र भोल्युम बेस प्याकको अवधारणाले गर्दा ईन्टरनेटको शुल्कमा भारी कटौती आएको हो । साथै, ग्राहकले पाउने ईन्टरनेट सेवाको गतिमा समेत उल्लेख्य सुधार आएको कुरा पनि नकार्न सकिन्न । स्वभाविक रुपमा यसको प्रत्यक्ष श्रेय थ्रीजी प्रविधिलाई जान्छ ।  थ्रिजी प्रविधिमा आधारित डाटा सेवाको गति अहिले एनसेलको नेटवर्कमा (काडमाण्डौको हकमा) २१ एमबीपीएस सम्म रहेको छ । 
 
एनसेलले सगरमाथा आधार शिविर क्षेत्रमा समेत यसै प्रविधि मार्फत २१ एसबीपीएस सम्मको गतिमा डाटा सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।  यसका साथै एनसेलले आफ्ना ग्राहकलाई संसारकै सबभन्दा ठूलो इ–लाईब्रेरीका रुपमा परिचित विकिपेडिया हेर्ने सुविधापनि निशुल्क प्रदान गर्दै आइरहेको छ । त्यसैगरी उपभोक्ताको अभिव्यक्ति स्वतन्त्रताको कदर गर्दै एनसेलले ग्राहकहरुलाई आफ्नो नेटवर्कमा  ट्विटर सेवा पनि निःशुल्क उपलब्ध गराउदै आएको समेत बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ