काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वुधबार साँझ भेट भएको छ ।
राष्ट्रपति भवन शीलतनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएका हुन् ।
मंगलबार मात्रै सत्ताको एक घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले जानकारी गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि वैशाख २२ गते समेत माओवादीले गरेको निर्णयपछि ओलीले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।