arrow

पत्रकारितामा बेथिति : पत्रकार फसाउने पनि पत्रकार नै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
nepal-police12.jpg

रौतहट । रौतहटमा पत्रकार फसाउन पत्रकार नै लागेको पुष्टि भएको छ । आजतक नेपाल अनलाइन सञ्चालक सञ्जय सहनीले रौतहट एक्सप्रेस अनलाइन सञ्चालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी दिएको छ ।
 
गत साउन ३२ गते लागु औषध नाईट्राभेट ट्याब्लेट १०५ थान मोटरसाइकलमा राखिएको अवस्थामा प्रहरीद्वारा मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रौतहटका सह-सचिव समेत रहेका सञ्जय सहनीद्वारा जिल्ला रौतहट माधवनारायण न.पा.वडा नं. १ बस्ने वर्ष २४ को धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ को जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने बीआर ३०एस-१८८७नम्बरको मोटरसाइकलमा राख्न लगाई प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

सहनीले लागु औषध नाईट्रभेट राख्न धिरज यादव र जितेश कुमार यादवलाई प्रयोग गरेर आफ्नै सहकर्मी फसाउने षड्यन्त्र आजतक नेपाल अनलाइनको अफिसमा बसेर बनाएको र आफैले लागु औषध ल्याएर मोजिबुल्लाहको मोटरसाइकलमा राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

आपराधिक षडयन्त्र लागु औषध मुद्दामा जिल्ला अदालतबाट दिन ०७ को मिलान म्याद लिई तथा गैर व्यवसायीक कार्य गर्ने असई उदय प्रसाद यादव र प्र.ज.मनोज साह कानुलाई निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान भइरहेको जनाएको छ भने आफ्नै सहकर्मी फसाउन खोज्ने सहनीको खोजिकार्य भई रहेको प्रहरीले जनाएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ