arrow

नेता तथा सांसदहरुलाई पिंजडामा थुन्ने काम भयो, रिसोर्टमा राखेर किनबेच गरियो : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
uml-press-confrence-oli.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्नेगरी ल्याइएको अध्यादेशविरुद्ध खरो रुपमा प्रश्तुत भएका छन् । 

बुधबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमाले समस्या नभइ समाधान भएकाले पार्टी फुटाउने काम गलत भएको बताए ।

उनले भने, ‘अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक होइन । तर संसद नचलिरहेको बेला वा तत्काल आवश्यक भएको बेला जारी गर्ने हो । यो कुनै व्यक्ति वा समूहको अमुख स्वार्थका लागि अध्यादेश ल्याउन पाइँदैन । यो अग्रगमन र लोकतान्त्रिक होइन ।’

रिसोर्टमा सांसद र नेताहरुको किनबेच भएको भन्दै ओलीले सांसद जस्ता मान्छेहरुलाई पिंजडामा थुन्ने काम भएको आरोप पनि लगाए । पत्रकार सम्मेलनमा सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग, माधव नेपाल र प्रधानमन्त्री शेर बहादुर देउवासँग आक्रमक भएका ओलीले राजनीति लोकतान्त्रिक हुन छाडेको बताए ।

उनले भने, ‘सभामुख निष्पक्ष हुन सक्नु भएन । मर्यादामा बस्न सक्नु भएन । संसदीय प्रणालीविरुद्ध अघि बढ्नुभयो र राजनीतिमा आएर खेल्न खोज्नुभयो ।’ सरकारले माधव नेपाललाई सहज हुनेगरी वा व्यक्तिको निहित स्वार्थका लागि कानुन निर्माण गरिएको र सत्तारुढ नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता अनुसार नचलेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ