काठमाडौं। विश्व क्रिकेट लिगका लागि नेदरल्याण्ड्स विरुद्ध खेल्नुअघिको महत्वपूर्ण बेलायत टुरमा रहेको नेपाली टोलिका कप्तान पारस खड्काले भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरलाई नेपाली क्रिकेट टोलीको जर्सी उपहारका रुपमा दिएका छन्।
ईङल्याण्डमा रहेको नेपाली टोलीका कप्तान पारसले सचिनसँगको फोटो ट्विट गरेका छन्। उनले आफ्नो ट्विटमा
प्रशान्त कुवँरको पनि प्रशंसा गरेका छन्। कुवँरले नै सचिनसँग भेट गर्ने चाँजो पाँजो मिलाएका अुन्। पारसले ट्विट गरेका छन् ' प्रशान्त कुँवर मार्फत सचिन तेण्दुलकरलाई भेटियो प्रशान्तले जे पनि गर्न सक्छ'।
विश्व क्रिकेट लिगका लागि नेदरल्याण्ड्स विरुद्ध खेल्नुअघिको महत्वपूर्ण बेलायत टुरमा रहेको नेपालले अभ्यास खेलमा राम्रो सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा नेपालले फ्रि फरेस्टरलाई एक सय २९ रनले पराजित गर्यो ।
लण्डनको इन्डियन जिमखाना क्रिकेट क्लवमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा दुई सय ३३ रन बनाएको थियो।