arrow

गर्भवती दीक्षाको सडक दुर्घटनामा मृत्यु 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ भदौ १० बिहिबार
9999.jpg

झापा । मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा न  ९ निवासी २३ वर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तर्गत भद्रपुर ९ स्थित लक्ष्मी चोकमा बुधबार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लागेको थियो । साथै उनको पेटभित्र रहेको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो ।

थप उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याउना साथ उनको मृत्यु भएको थियो । 

यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका १३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।



नयाँ