arrow

प्रदेश १ को मुख्यमन्त्री बने भीम आचार्य, शेरधन आउट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
bhim-achrya11.jpg

काठमाडौं । प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री बनेका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य सो प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्त हुनुअघि संसदीय दलको नेता बनाएको थियो । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५२ सांसद छन् । संसदीय दलको बैठकमा नै उनलाई राईले दलको नेता र मुख्यमन्त्री प्रस्ताव गरेका थिए । 
बैठकमा ३० जना प्रदेश सभा सदस्य सहभागी भएको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयल प्रदेश १ ले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आचार्य नयाँ मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका हुन् ।

यसअघि आचार्य नेता माधवकुमार नेपालद समूहमा थिए । नेपाल समूहले यसअघि उनलाई सो प्रदेशमा मुख्यमन्त्री प्रस्ताव गरेको थियो । त्यसबखत राई बिरुद्ध उनकै नेतृत्वमा प्रदेश १ संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

तर हाल भने आचार्य नेता नेपालको साथ छाडेर ओली समुहमा नै आएका छन् । नेता नेपालले भने एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ता गराइसकेका छन् ।

सो दल दर्ता र दल विभाजनको सुचना प्रदेशसभा सचिवालयमा पुगेको छैन । सो सुचना त्यहाँ पुग्दा भने आचार्यलाई पद जोगाउन सहज हुने छैन । उनले ३० दिन भित्र संविधान अनुसार विश्वासको मत लिनु पर्ने हुन्छ । संविधानको धारा  १८८(२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा विश्वासको मत लिनु पर्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ