arrow

सुदूरमा गौरा पर्वको चहलपहल

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
gauraparba.JPG

डडेलधुरा ।  सुदूरपश्चिमको एकताको प्रतीकको रूपमा रहेको सांस्कृतिक र लोकप्रिय चाड गौरा पर्व नजिकिँदै गर्दा डडेलधुरामा पनि चहलपहल सुरु भएको छ ।
 
सुदूरपश्चिमका जनता र विशेष गरी महिलाहरूका लागि जीवनशैलीसँग गाँसिएको नारीहरूको महत्त्वपूर्ण महाचाड गौरा पर्वमा भगवान् शिव लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रूपमा पूजन गरी भाद्र शुक्ल पञ्चमी देखि एक हप्ता सम्म भव्यताका साथ मनाइने भएकोले महिलाहरूले गौरा पूजन सामग्री किनमेल गर्न बजारमा व्यस्त देखिएका छन् । 

बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमा गौरीको आराधनाको प्रभावले सङ्कट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरूले शुद्ध खानपान, चोखो नयाँ लुगा लगाई अत्यन्त भक्ति भावले पञ्चमीका दिन बिधिवत रूपमा प्रसाद राखिएको पाँच दलहन अन्नको बिरुँडा धुने , सप्तमीका दिन पाँच पवित्र घाँसको गौरालाई गौरा माताको प्रतीकको रूपमा उपवासका साथ नियमित पूजा गरी धूमधामका साथ मनाउने भएकाले नयाँ लुगा किन्ने , शृङ्गारका सामानहरू किन्ने महिलाहरूले लगाउने पवित्र धागो दुबीधागो किन्ने लगायत आवश्यक गहना बनाउने जस्ता तयारीमा जुटेका छन् । 

भगवान् शिव र माता पार्वती स्वरूप गौरा पर्वमा गरिने व्रतबाट सु-स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरूमा अटल विश्वास रहेको पाइन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रूपमा पनि विशेष गरी मनाइन्छ । 

सुदूरपश्चिम बासीको जनजीवन र सांस्कृतिक सम्पदाको रूपमा रहेको यो चाडमा परम्परा देखि चलिआएका फाग ,अठवाली ,पुरुषहरूको चैत धुमारी का साथै डेउढा खेलेर विविध कार्यक्रमका साथ आयोजना गरी मनाइने गौरा भोलि देखि पञ्च दलहन अन्न गेडागुडीको बिरुँडा राख्दै बिधिवत रूपमा मनाइने भएको छ ।  

भाद्र शुक्ल पञ्चमीका दिन पञ्च दलहनको बिरुँडा राखेर शुक्रवार देखि औपचारिक रूपमा गौरा पर्व सुरु हुन थाले पछि सुदूर पश्चिम प्रदेशका ग्रामीण एवं सहर बजार क्षेत्रमा चहलपहल बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ