- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ। प्रदेश १ सरकार विस्तार भएको छ । दुई जना मन्त्री थप गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकार विस्तार गरेका हुन्। नयाँ सरकारमा लछुमन तिवारी र बलबहादुर साम्सुहाङ मन्त्री बनेका छन् ।
साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ ।
उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ गराएका छन्। तिवारी तेह्रथुमका र साम्सुहाङ ताप्लेजुङ्गका प्रदेशसभा सदस्य हुन् । आचार्यले हिजाे मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।