- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६९ को पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा छ, पाँचथरमा दुई, खोटाङ, उदयपुर र सङ्खुवासभामा एक एक र प्रदेश बाहिर तीन जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा शुक्रवारै ४९१ कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २२६ महिला र २६५ पुरुष छन् ।
पछिल्लो २४ घण्टामा दुई महिलासहित छ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।