काठमाडौं । एमाले गठबन्धन सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र र अब नयाँ सरकारमा सामेल हुन लागेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताएका छन् ।
दुवैले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा ‘व्यवस्थापिका संसद भित्र रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत तेह्र वटा राजनीतिक दलहरुले संसद सचिवालयमा असार २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरिसकेको अवस्थामा वर्तमान सरकार केवल कामचलाउ सरकारको हैसियतमा मात्र रहेको छ– भनिएको छ ।’
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेल र माओवादी केन्द्र मुख्य सचिव प्रल्हाद बुढाथोकीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा वर्तमान सरकारले दैनिक काम काजका सामान्य काम वाहेक कुनैपनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालिन प्रभाव पार्ने निर्णयहरु नगर्न भनिएको छ ।
विज्ञप्तिकाे पूर्णपाठ