arrow

गैंडाकोटमा पुर्व-पश्चिम राजमार्ग सन्चालनमा कठिनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
purba-pachim-rajmarga.jpg

कावासोती । अविरल परेको वर्षा पछि आएको बाढीले गैंडाकोट–१० को २३ स्मृति पुल नजिक डाईभर्सन बगाउँदा  विहीबार रातीदेखि अवरुद्ध बुटवल नारायणघाट सडक खण्ड सन्चालनमा ल्याउन समस्या भएको छ ।

बाटो अवरुद्ध भएको ३०-३१ घण्टा लगाएर बनाएको डाईभर्सनबाट सवारी साधन सहज रुपमा आवतजावत गर्न नसक्दा बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए ।  डाईभर्सन मर्मत गरे पनि लगातार भएको वर्षाको कारणले डाईभर्सनमा नै गाडीहरु फसे पछि यातायात सुचारु गर्न नसकिएको सिंहले बताए ।

बिहिबार राती ९ बजे देखि सडक अवरुद्ध भएपछि जंगलमा  यातायात रोकिदा यात्रुहरुले सास्ती पाएका छन् । त्यस्तै पुर्व पश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेर अवरुद्ध सडक भने एकतर्फी सन्चालनमा आएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ