- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९ मध्ये विराटनगरमा ३९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा छ, तेह्रथुममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आजै ३८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।