arrow

संकटमा गच्छदार : ८ मध्ये ३ माग अझै पूरा हुन बाँकी थिए.....

कि पाँच बुँदामै चित्त बुझाउनु पर्ने, कि नयाँ सरकारमा जानु पर्ने

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
Bijaya_Gachhadar.jpg.jpeg
काठमाडौं । वर्तमान केपी ओली सरकारको एक घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसंग भएको ८ बुँदे सहमति कार्यान्वयन नहुँदै सरकार ढल्ने भएपछि अध्यक्ष विजय कुमार गच्छदारलाई तनाव भएको छ । 
 
ता कि पूरा हुने बाँकी रहेका तीन वटा मागको सम्बोधनका लागि फेरि पनि गच्दार सरकारमा जानु पर्ने छ । नभए उनले उठाएका ८ मध्ये सम्बोधन भएका पाँच बुँदामै चित्त बुझाउनु पर्ने छ । 
 
ओली नेतृत्वको गठबन्धन सरकारमा सहभागि हुन गच्छदारले गएको असोज २४ गते ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । जुन पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत हस्ताक्षर छ । सो सहमति पत्रमा हस्ताक्षर गरेका दाहालनै बाहिरिएपछि गच्दारलाई तनाव भएको हो ।
 
यद्यपि, उनले पार्टीभित्र समसामयिक राजनीतिक विषय र भावि रणनीतिबारे छलफल गर्न भ्याएका छैन । घरयासी व्यस्तताले गच्दारले आफु सरकारमा जाँदा गरेको सम्झौताको एक सहयात्री बाहिरिएबारे पार्टीभित्र चिया गफ समेत गर्न पाएका छैनन् । 
ओली सरकारमै स्वास्थ्य मन्त्री रहेका रामजनम चौधरीले हाम्राकुरासंग भने, ‘हामीसंग भएको सम्झौताका पाँच वटा बुँदा पुरा भए । ३ बुँदा अझै बाँकी छन् । बुँदा नम्बर ६ को क्षतिपूर्ति दिनेबारे गृहमन्त्रालयमा सबै चाँजो बाँजो भइसकेको थियो । तर, हुने बेलामा यस्तो गडबड भइदियो ।’ चौधरीले थपे, ‘हामीलाई भन्दा अध्यक्षलाई झन् तनाव भएको छ । यही बेला उहाँको छोरोको विहे थियो । यही बेला साथीहरुले यस्तो गरिदिए ।’ छोराको विवाह तयारी भइरहेकै बेला २८ गते माओवादीले सरकारबाट समर्थन फिर्ता लियो । गच्छदारका छोराको विवाह २९ गते वुधबार भएको छ । १ गते विवाह भोजको कार्यक्रम छ । 
 
मन्त्री चौधरीका अनुसार मुख्य माग नै पुरा भएको थिएन । उनले भने, ‘हाम्रा कार्यकर्तामाथि लगाएको झुठा मुद्दा फिर्ताको ५ नम्बर बुँदा, आन्दोलनका क्रममा घरमा भएको आगजनी र व्यवसायीले व्यहोरेको क्षतिबारेको ६ नम्बर बुुँदा र सिमाङ्कन बारेको २ नम्बर बुँदा अधुरै छ ।’
 
अनि सरकारमा नजाने ? जवाफमा उनले भने, ‘अध्यक्ष ज्यूको काम घरयासी काम फत्ते भएपछि २, ३ गते बैठक बस्छ होला । त्यही बेला के गर्ने भन्ने सन्दर्भमा छलफल हुन्छ । सरकारमा जाने नजानेबारे समेत छलफल त्यतिबेलै हुन्छ । सांसद कल्पना चौधरी, रमणी राम र सुमित्रा थारुनीले समेत छलफल हुन बाँकी रहेको सुनाए । 
 
सरकारमा जाँदा भएको ८ बुँदे सहमति
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ