arrow

बाँके प्रहरीद्वारा भारतबाट आएको ३ लाख बढीको अवैध सामाग्री बरामद 

logo
सौरभ गिरी,
प्रकाशित २०७८ भदौ १६ बुधबार
baramad-banke.JPG

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट ल्याउँदै गरेको  ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट प्रसनि विवेक अधिकारीसहित खटिएको टोलीले गए राती ९ बजे नेपालगन्ज १५ स्थित हड्डी चोक हुँदै बाबु गाउँतर्फ ल्याउँदै गरिएका ३ लाख रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

तस्करहरूले भारत र नेपालको सीमावर्ती बजार रुपइडिहाबाट तस्करी गरेर खेतै खेत भएर नेपालगन्ज ल्याउँदै गरेको लेडिज कुर्ता, जेन्स कपडा, मोटरसाइकलका पाट पुर्जा, इलेकट्रिकल सामाग्री , चिनी,हार्डवेयरका सामाग्री लगायतका ३ लाख रुपैयाँ बढीका अन्य थुप्रै अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। 

 जिल्ला प्रहरी बाँकेले तस्करी निस्तेज पार्ने उद्देश्यका साथ अहिले तस्करहरूको मनोबल घटाउँदै धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ।



नयाँ