arrow

प्रदेश एक : एमालेका ८ जना सांसदले माधव नेपालको दलमा गरे सनाखत

logo
मोरङ संवाददाता,
प्रकाशित २०७८ भदौ १६ बुधबार
pradesh-1-sign.JPG

मोरङ । प्रदेश १ का ८ जना नेकपा एमालेका सांसदहरूले माधव कुमार नेपाल अध्यक्ष रहेको दल नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । बुधवार विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा पुगेर ८ सांसदहरूले सनाखत गरेका हुन् । 

दुई जना सांसद आउँदै गरेको बताइएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय बुधवार १ बजे पुगेर उनीहरूमध्ये राजन कुमार राई, खिनु कुमारी लिम्बु,पदम कुमारी गुरुङ,गणेश काम्बाहाङ,सुनिता चौधरी, सावित्रा कुमारी रेग्मी र सरिता थापाले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

राजेन्द्रकुमार राईले सनाखत गर्ने तयारिमा छन् । उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई निर्वाचन कार्यालय आउने तयारीमा छन् । उनीहरू प्रदेश सचिवालयमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ