arrow

प्रदेश २ : एमालेका ११ सांसदले माधव नेपालको दलमा गरे सनाखत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
province-2-madhav-party.JPG

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीतर्फ लागेका ११ जना सांसदले बिहीबार सनाखत गरेका छन् । बिहीबार एमालेका ११ प्रदेशसभा सदस्यहरूले निर्वाचन कार्यालय पुगेर माधवकुमार नेपालको दलमा सनाखत गरेका हुन् । 

१३ जना मध्ये २ जना सांसद बाहिर रहेकाले ११ जनाले सनाखत गरेको प्रदेशसभा सदस्य शत्रुधन महतोले बताए । बाँकी २ जना सांसदले अर्को दिन सनाखत गर्ने जानकारी दिए। 

सनाखत गर्नेहरूमा प्रदेशसभा सदस्य अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो र हसिमा खातनु रहेका छन् ।

प्रदेशसभा सदस्य सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्माले सम्भव भएसम्म बिहिवारै नभए अर्को दिन सनाखत गर्ने तयारी छ । 

प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी मजबुत स्थितिमा रहेको छ । २१ मध्ये माधवकुमार नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने केपी शर्मा ओलीको पक्षमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ