arrow

युवालाई आइडिया पिचिङ प्रतियोगितामा भाग लिन कोकाकोला र युवा परिषद्को आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
coca-cola-nepal-youth-council.jpg

काठमाडौँ। बोटलर्स नेपाल (तराई) लिमिटेड (नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार) ले नेपाल युवा परिषद्सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागि सिड फन्डिङ प्रदान गर्ने भएको छ। यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारलाई यसको सामाजिक पहल ‘युथ इन्गेजमेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्नेछ।

सेप्टेम्बर ७, २०२१ मा भाग लिने अन्तिम मिति नजिकिँदै जाँदा कोकाकोला र नेपाल युवा परिषद्ले नेपाल भरिका युवालाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । सर्ट लिस्टेड प्रोजेक्ट (सूचीकृत परियोजनाहरू) घोषित गरिने बताइएको छ। जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुनेछ।

इच्छुक युवाले nyc.nepalyouthcouncil@gmail.com मा इमेल पठाएर वा https://bit.ly/3ADafA8 मा गएर फर्म भरेर आफ्नो विचारहरू पेस गर्न सक्ने बोटलर्स नेपालले जनाएको छ।

कोकाकोलाले सन् २०१८ देखि नेपाल युवा परिषद्सँग नेतृत्व, उद्यमशीलता, नेटवर्किङ र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ। यस प्रकारको पहल र युवाहरूको सहभागितालाई प्रोत्साहित गर्न समर्थनको उद्देश्यसँगै यस वर्ष बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषद्ले जलवायु परिवर्तनलाई सम्बोधन गर्दै सँगै कार्य गर्दै आइरहेको छ।

सिड फन्डिङ कार्यक्रम बोटलर्स नेपाल (तराई) द्वारा प्रायोजित रहेको छ। जसलाई प्लान इन्टरनेशनल, डब्ल्यूडब्ल्यूएफ नेपाल, मेरी स्टाप्स, एनआरईएन, ग्रेस इन्टरनेशनल, टेक्सस इन्टरनेशनल कलेज, एडुसञ्जाल र खल्तीको विशेष सहयोगसँगै प्रान्तीय र स्थानीय सरकारको सहयोगमा चयन भएका विचारहरूको लागि अगाडि बढाइने जनाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ