- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ। उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६÷७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रूपमा पुरस्कृत गरेको थियो। कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरू र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन्। बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरू, आपूर्तिकर्ताहरू, र शेयरधारकहरु सहित सबै सरोकारवालाहरू सँग सम्बन्ध बनाइराख्नु निकै महत्त्वपूर्ण छ।
२०२० को लागी बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड द्वारा लागू गरिएको प्रमाण हो। भाद्र १३, २०७८ मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईसीएएन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन्।
यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने “बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएका छौँ। म सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरूको दैनिक जीवनको एक अहम् हिस्सा बनाउँदै सही ढङ्गले व्यापारको सञ्चालन गर्न लागी पर्नुभएको छ।”