arrow

कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दसैँ अभियान “धन्यवाद”

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
coke-thankyou.jpg

काठमाडौँ। सन् २०२० को सुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो। ती कठिन पलहरूमा साथीहरू, परिवार र फ्रन्टलाइन कामदारहरू आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रूपमा थिए। कोका–कोलाले यस पालिको दसैँ अभियान “धन्यवाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सधैँ सहयात्री रहेका व्यक्तिहरूलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्ने कम्पनीले जनाएको छ।

कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मीहरू रहेका छन्। नियमित कोकका लेबलहरूलाई यस दसैँको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साटिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपूर्णको रूपमा लिएका छौँ, कम्पनीले भन्यौँ।

विगत ५ वर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरू प्रस्तुत गर्दै आएको छ जसलाई “मन खोलौँ कोकसँग” को रूपमा स्थानीय करण गरिएको थियो। यो अभियान सम्बन्धहरूलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो। यस वर्ष भने कोकले व्यक्तिगत रूपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ।

यो नयाँ अभियानको सुरुवात औपचारिक रूपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको छ। त्यही बेला नयाँ कोका–कोलाको दसैँ टिभिसी पनि चित्रण गरिएको थियो। यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ।

अभियानको बारेमा बोल्दै, कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “कोका–कोलाले यस पालिको दसैँ चाड उपभोक्ताहरूलाई महामारीको समयमा उनीहरूलाई प्रोत्साहित र प्रेरित गर्नु भएका परिवारको सदस्यहरू र साथीहरू प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ। यसका साथै अग्रपङ्क्तिमा कार्यरत रहेका श्रमिकहरूलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र हामीलाई बितेको वर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाँधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञा प्रदान गर्दै हामी यस पालिको दसैँलाई रमाएर मनाउने छौँ।”

सो इभेन्टमा कोका–कोलाले कोभिडको विरुद्ध समाजको लागी सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरूका ८ जना अग्रपङ्क्ति नायकहरूलाई कृतज्ञा प्रकट गरी सम्मान गरेको थियो।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी खुसी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरूको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरू, परिवार र साथीहरू प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौँ। हामी आशा गर्दछौँ कि लेभलमा रहेको सन्देशले हाम्रा उपभोक्ताहरूलाई उनीहरूको त्यस कठिन पलमा सहयात्री बनेका सबै व्यक्तिहरू प्रति आभार प्रकट गर्न र यो दशैलाई अझ यादगार बनाउनको लागी प्रोत्साहित गर्नेछ।

थप रूपमा, कोका–कोलाले कोका–कोला “टकिंग बोतल” को माध्यमबाट निजीकृत सन्देशहरू साझा गर्ने एक नवीन अवधारणा पेस गरेको छ। उपभोक्ताहरूले www.coca–cola.com.np मा लग इन गर्न सकिने वा कोकको बोतलहरूमा रहेको क्युआर कोड स्क्यान गर्न सकिने  छ।

त्यसपछि “सेन्ड पर्शनलाइज्ड मेसेज” मा क्लिक गर्नुहोस्। त्यहाँबाट, उपभोक्ताहरूले प्राप्तिकर्ताको नाम इन्ट्री गरेर कृतज्ञताको एक सन्देशका साथ एक उत्सव ग्रीटिंग चयन गरेपछि प्राप्तिकर्ताको इमेलमा पठाउन सकिने कम्पनीले जनाएको छ।

कोका–कोलाले कोभिडको महामारीको विरुद्ध लडेका र समुदायलाई जोगाउनको लागी उनीहरूको कडा परिश्रम, करुणा र निस्स्वार्थ त्याग प्रस्तुत गरेका अग्रपङ्क्ति नायकहरू प्रति हार्दिक आभार प्रकट गर्दछ।

यस दसैँमा कृतज्ञता प्रदान गर्न कोका –कोलाले स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था, सफाइकर्मी र अनुकूलित कोकको बोतल र ग्लास सहित पत्रकारहरू गरी विभिन्न क्षेत्रहरूबाट ९०० भन्दा बढी अग्रणी कामदारहरू सम्म पहल पुर्‍याइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ