arrow

स्प्राइट मेगा क्याम्पेन : हरेक घण्टा एउटा सामसङ स्मार्ट फोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
sprite-mega-camp-2078.jpg

काठमाडौँ । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” नामक क्याम्पेनको सुरुवात गरेको छ। यो प्रमोसन स्प्राइटको “क्लियर रह” अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो। यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायाङ्कन गरिएको छ।

यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट बाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै www.sprite.com.np मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ। सहभागीहरूले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन्। यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ।

यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ। बजारमा यो अफर लागु नहुने बोतलहरू पनि उपलब्ध छन्।

ग्राहकहरूले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रूपमा आफूसँग राख्नुपर्ने छ। थप नियम र सर्तहरू सम्बन्धी विस्तृत विवरण स्प्राइटको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ