arrow

कोका–कोलाले फ्रन्टलाइन हिरोजहरूलाई “धन्यवाद” ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
coke-thankyou-2078.jpg

काठमाडौँ। कोका–कोलाले सबै प्रियजनहरू प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दसैँ अभियानको लन्च गरेको छ। “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रूपमा साथै सहयात्री रहेका उपभोक्ताहरूलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो।

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरूले नेपालमा कोभिड विरुद्धको लडाइँमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दसैँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरु गरेको छ।

यसको मुख्य उद्देश्य भनेको फ्रन्टलाइन नायकहरूलाई उनीहरूले प्रदान गरेको समर्पण र समुदायको लागी दिएको सेवाको लागी कोका–कोलाको तर्फबाट “धन्यावाद” व्यक्त गर्नु हो। यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपङ्क्तिका नायकहरू सँग संलग्न रहेर “धन्यवाद” उपहार बक्सलाई बढ्दै छ।

यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरूमा नाम अङ्कित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चार वटा गैर–सरकारी संस्थामा गरिएको थियो। महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरूको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए। आगामी दिनहरूमा कोका–कोलाले देशको अग्रणी नायकहरू प्रति आभार प्रकट गर्नको लागी अस्पताल र ट्राफिक पुलिस सहित धेरै सङ्गठनहरूको भ्रमण गर्नेछ।

हामी नेपालका अध्यक्ष सुदन गुरुङले भने, “घर भित्रै सुरक्षित रहेर बसी रहने बेलामा पनि हाम्रो युवाहरूको टिमले साहसी भई स्वयंसेवकको रूपमा अरूलाई सहयोग पुर्‍याएको छौँ। महामारीको बेलामा, हामीले कोष उठाएका थियौँ जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरूलाई प्रदान गर्‍यौँ। कोका–कोला नेपाल द्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा, म र हामी नेपालको सम्पूर्ण टिम हाम्रो यात्रामा अझ बढी सशक्त र प्रेरित भएको महसुस गर्दछौँ।”

अभियानको बारेमा बोल्दै, कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीले भने , “अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिहरूले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायहरूमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरू निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेका छन्। हामी उनीहरूको सराहना गर्दछौँ र उनीहरूको निस्स्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरूको साहसी कार्यहरूको लागी धन्यवाद ज्ञापन गर्दछौँ। हाम्रो यो अन–ग्राउन्ड एक्टिभेसन उनीहरू प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ