arrow

पाँच अर्ब डलरमा कफी कम्पनी खरिद गर्दै कोकाकोला

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
coca-cola-coke.jpg

एजेन्सी। विश्वव्यापी व्यापार विस्तार गरिरहेको पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले कफी तथा खुद्राको व्यापार गरिरहेको अमेरिकी कम्पनी कोस्टा खरिद गर्ने भएको छ। कोकाकोलाले यो कम्पनीलाई पाँच अर्ब १० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको हो। कम्पनीको लागि यो पछिल्लो आठ वर्षयताकै सबैभन्दा ठुलो खरिदको सम्झौता हो।

पछिल्लो समय विश्व बजारमा प्रतिस्पर्धा चुलिएको अवस्थामा कोकाकोला कम्पनीले यस किसिमको योजना अघि सारेको हो। गत जुन महिनामा अर्को कम्पनीसँग सम्झौताको तयारी भइरहेको अवस्थामा कोकाकोला कम्पनीले कोस्टासँग सम्झौता गरेको हो। पछिल्लो समय कोकाकोलाको सेयर बजारमा आइरहेको गिरावटको अवस्थामा यस किसिमको सम्झौता भएको हो। 

कोस्टा कम्पनी पनि आफ्नो व्यापारिक सुधारको लागि संघर्ष गरिरहेको छ। यसअघि पेप्सी कम्पनीले सोडास्ट्रिम कम्पनीलाई खरिद गर्ने निर्णय गरेको थियो। पोप्सीले तीन अर्ब २० करोड डलरमा सो कम्पनीलाई खरिद गरेसँगै प्रतिस्पर्धी कम्पनीहरुलाई दबाब बढेको हो। कोकाकोला कम्पनीका प्रमुख कार्यकारीले अहिले भएको सम्झौता निकै प्रभावकारी लगानीको योजना रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ