arrow

कोकको नयाँ प्याकेजिङ जिरो सुगरको स्वादमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
coke-zero-suger-pack.jpg

काठमाडौँ। कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फूर्तिदायक स्वादमा नयाँ कोका–कोला जिरो सुगर बजारमा ल्याएको छ। आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँ कोका–कोला जिरो सुगर आकर्षक र नयाँ बोल्ड प्याकेजसङमा उपलब्ध छ। अब नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जिरो सुगर कोका–कोलाको स्वाद लिन सकिने कम्पनीले जनाएको छ।

व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला जिरो सुगर अझै शानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको छ। नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरूका लागि यो कोका–कोला जिरो सुगर अत्यन्तै उपयुक्त रहेको छ।

सन् २००५ मा विश्वव्यापी रूपमा लन्च गरिएको यो कोका–कोला जिरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो। नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो।

लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हामी सदैव उपभोक्ताहरूको चाहना र आवश्यकता अनुसारको उत्पादनहरू नै बजारमा ल्याउने प्रयास गर्छौँ। यो नयाँ स्वाद र नयाँ प्याकेजिङ सहितको कोका–कोला जिरो सुगरलाई विश्वभरिकै उपभोक्ताहरूले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ। नेपाली उपभोक्ताहरूले पनि यो नयाँ कोका–कोला जिरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरूको लागि यो कोका–कोला जिरो सुगर अत्यन्तै उपयुक्त छ। संसार भरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जिरो सुगरलाई नेपाली उपभोक्ताहरू सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ।”

नयाँ कोका–कोला जिरो सुगर ५०० मिली र २५० मिलीमा नेपालभर उपलब्ध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ