arrow

प्रदेश एक : ४ सय १९ मा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४१९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

 त्यसमा एक हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९० मध्ये विराटनगरमा ६६, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा छ, ताप्लेजुङमा दुई, भोजपुर र उदयपुरमा एक एक र प्रदेश  बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ४७० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् ।

 पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



नयाँ