arrow

सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोज्यो : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो । उनले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न पनि गरे ।

काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरे । उनले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ