- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा सात, इलाममा पाँच, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा एक-एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण भएको हो ।
प्रदेशमा आजै ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जना महिलासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।