arrow

झापाको भद्रपुरमा मेगा बैङ्कको एटीम सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
mega-jhapa-dhodamara.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैङ्कले एटीम सेवा सञ्चालन गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैङ्कका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरूको पनि सहभागिता रहेको थियो। योसँगै १ सय ३७ स्थानमा मेगा बैङ्कले एटीम सेवा विस्तार गरेको छ।

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैङ्कले १९९ वटा शाखा विस्तार गरेको छ। यसै गरी, देशभर २४ वटा एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैङ्किङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमिट सञ्जाल छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ