arrow

सिराहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
siraha1.png

लहान । नेकपा एमालेबाट सिराहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।  निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य अशोककुमार यादवले जानकारी दिए ।

प्रदेशसभा सदस्य अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिराहा पुगेर जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको बताइएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट सिराहाका स्थानीय तहमा निर्वाचित १२ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । सबै जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय सिराहा पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ