- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, सुनसरीमा ७१, धनकुटामा छ, इलाम र उदयपुरमा चार-चार, पाँचथर र तेह्रथुममा एक-एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण भएको हो ।
प्रदेशमा बिहिवारै ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।