arrow

काठमाडौंका सीडीओ सबैभन्दा कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
kali-prasad-parajuli-cdo.jpg

काठमाडौं । काठमाडौ, मोरङ, बाँके जस्ता महत्वपूर्ण जिल्ला सम्हालेका प्रमुख जिल्ला अधिकारी कार्यसम्पादन मूल्याकंनमा सबैभन्दा कमजोर देखिएका छन् । गृहमन्त्रालयले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कार्य सम्पादन न्यून देखाएको छ । यो भनेको सबैभन्दा कमजोर हो । मन्त्रालयले हरेक वर्ष प्रजिअहरूको कार्यसम्पादन मूल्याकंन गर्ने गर्छ ।  

पराजुलीलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनको हालैमात्र सरुवा गरिएको छ । मन्त्रालयले गरेको मूल्याकंनमा यो वर्ष ३ वटा जिल्लाका  प्रजिअ सबैभन्दा अब्बल देखिएका छन् ।

झापाका प्रजिअ श्रवनकुमार तिमिल्सिना, पश्चिम रुकुमका लक्ष्मीप्रसाद बास्कोटा तथा अर्घाखाँचीका प्रजिअ विष्णु पौडेलको कार्यसम्पादन मल्याकंन सबैभन्दा अब्बल देखिएको छ । यी प्रजिअहरूको मूल्याकंंन मन्त्रालयले अति उत्कृष्टमा राखेको छ । मन्त्रालयले यी ३ जिल्लालाई ए प्लस नम्बर दिएको छ । 

मन्त्रालयले प्रजिअहरुको कार्यसम्पादन मूल्याकंन गर्दा ६ वटा विषयलाई आधार मानेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह,  लागु औषध नियन्त्रण, विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा सदाचार र आर्थिक अनुशासनलाई मन्त्रालयले कार्यसम्पादन मूल्याकंनको आधार मानेको छ । 

यस वर्ष मन्त्रालयले ७७ वटा जिल्लालाई ५ श्रेणीमा बाँडेको छ । पहिलो स्थानमा अति उत्कृष्ट मानेको छ । अति उत्कृष्टमा ३ वटा जिल्ला मात्र परेका छन् । दोश्रोमा उत्कृष्ट मानिएको छ । उत्कृष्टको सूचिमा १४ जना प्रजिअहरुको नाम राखिएको छ । 

तेश्रो नम्बरमा उत्तम अंक ल्याएका प्रजिअहरुको नाम राखिएको छ । यसमा  १८ वटा जिल्लालाई राखिएको छ । तेश्रोमा मध्यम प्रजिअहरुको नाम राखिएको छ । 

मध्यममा २१ जना प्रजिअहरु रहेका छन् । पाँचौं नम्बरमा न्युन अकं ल्याएका प्रजिअहरुको नाम राखिएको छ । यसमा पनि २१ वटा जिल्ला रहेका छन् । न्यून अंक पाउनेहरुमा बर्दिया, काभ्रे, कपिलबस्तु, बाजुरा, सर्लाही, तेहथुम, नवलपरासी लगायतका जिल्लाका प्रजिअहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ