arrow

नवलपुर प्रहरीद्वारा चोरीका १६ वटा मोटरसाइकल सहित ६ जना पक्राउ

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ भदौ २७ आइतबार
bike-pakrau.JPG
तस्बिर : जिल्ला प्रहरी कार्यालय नवलपुर

कावासोती । नवलपुर प्रहरीले चोरीका १६ वटा मोटरसाइकल सहित ६ लाई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले जिल्लाको अरुण खोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ व्यक्ति सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

No description available.

डिएसपी दिलीप कुमार गिरीका अनुसार प्रहरीले मध्य बिन्दु न.पा. वडा नं. १० बस्ने वर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गा.पा. वडा नं. ७ बस्ने वर्ष २५ को खेम बहादुर सारु, विनयी त्रिवेणी गा.पा. वडा नं. २ बस्ने वर्ष ३० को गङ्गा बहादुर मगर,मध्य बिन्दु न.पा. वडा नं. १० बस्ने वर्ष ३३ को दिल बहादुर सोती, विनयी त्रिवेणी गा.पा. वडा नं. ४ बस्ने वर्ष २३ को प्रेम बहादुर परियार र विनयी त्रिवेणी गा.पा. वडा नं. ४ बस्ने वर्ष २० को मिलन थापालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेको मोटरसाइकलहरू

No description available.
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले एकै पटक ठुलो सङ्ख्यामा चोरीको मोटरसाइकल समातिएको यो पहिलो घटना भएको बताए । 

मल्लका अनुसार समातिएका मोटरसाइकलहरू सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु भएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको मल्लले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ