ओमानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज डिसहोमबाट प्रत्यक्ष प्रसारण, क्यानसँग सम्झौता
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
732
Shares
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ। डिस मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो।
उक्त विश्वकप लिग-२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका छ वटा खेलहरू भाद्र २८ गते देखि असोज ४ गते सम्म हुने भएको छ। यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरू डिसहोमले एक्सन स्पोर्ट्स एचडी र गोओटीटी एप्स मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।
जस अन्तर्गत हुने खेलहरू निम्न अनुसार हुने छ।
नेपाल र अमेरिकाबीच भाद्र २८ गते
ओमान र नेपालबीच भाद्र २९ गते
ओमान र अमेरिकाबीच भाद्र ३१ गते
नेपाल र अमेरिकाबीच असोज १ गते
ओमान र नेपालबीच असोज ३ गते
ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ।
सम्पूर्ण खेलहरू नेपाली समय अनुसार ४ बजे र १५ मिनेट ओमानको एएल अमरत क्रिकेट स्टेडियम, मस्कट बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ।